काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका निवासी ५९ वर्षीया असक्त महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गाउँ सभापतिलाई पक्राउ गरेको छ ।
रास्वपाको लिखुपिके गाउँपालिकाका सभापतिसमेत रहेका ४५ वर्षीय रामचन्द्र बस्नेतलाई प्रहरीले काठमाडौंको वनस्थलीबाट पक्राउ गरेको हो ।
२०८१ साल साउन ६ गते गाउँकै ५९ वर्षीया असक्त महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई प्रहरीले सोलुखुम्बु लगिसकेको छ । आफूविरुद्ध उजुरी परेपछि उनी फरार रहेका उनलाई गएको सोमबार काठमाडौँमा पक्राउ गरेर सोलुखुम्बु थिए ।
बस्नेतलाई बुधबार अदालतबाट सात दिनको म्याद थपेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया