काठमाडौं । नाइमा नेपाल ‘मोबिलिटी एक्स्पो–२०२५’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एक्स्पोको उद्घाटन गर्दै नाइमाले पहिलो वर्षमै यति ठूलो प्रदर्शनी आयोजना गर्नु सराहनीय भएको बताए ।
उनले भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थलका रूपमा विकास गरिने र ‘कनेक्टिभिटी’ लाई राष्ट्रिय अभियानका रूपमा अघि बढाइने घोषणा गरे ।
एक्स्पो साउन २५ गतेसम्म चल्नेछ । एभरेस्ट बैंक लिमिटेड र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड मुख्य प्रायोजक छन् । आगन्तुकलाई विशेष सुविधा दिने व्यवस्था गरिएको छ । राइड पार्टनर पठाओले भृकुटीमण्डप जाने यात्रामा ३० प्रतिशतसम्म छुट दिनेछ ।
पाँचौँ दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा प्यानल डिस्कसन हुनेछ । टिकट ‘खल्ती बाई आईएमई’ मा पाइनेछ । विक्री रकमको ५ प्रतिशत मोबिलिटीसम्बन्धी छात्रवृत्ति र फेलोसिपका लागि खर्च गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया