काठमाडौं । गायक पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटनाग्रस्त भएको हो।
उक्त कारमा गायक शर्मासहित चार जना सवार थिए । दुर्घटनामा परेकामध्ये सबै जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। कारको अगाडिको भागमा क्षति पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया