नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ‘बीवाईडी एट्टो १’ सार्वजनिक

लोकपथ
903
Shares

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले देशकै बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक ‘बीवाईडी एट्टो १’ नेपालमा आधिकारिक रूपमा लन्च गरेको छ ।

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक गरिएको यो मोडलले दिगो र सहज पहुँचयुक्त मोबिलिटीतर्फ बीवाईडीको प्रतिबद्धतालाई झल्काएको कम्पनीको दाबी छ ।

विश्वव्यापी रूपमा ‘बीवाईडी सिगल’, ‘बीवाईडी डल्फिन मिनी’ वा ‘डल्फिन सर्फ’ नामले परिचित एट्टो १ ले वर्ल्ड कार अवार्ड्समा ‘वर्ल्ड अर्बन कार अफ द इयर २०२५’को उपाधि समेत प्राप्त गरिसकेको छ । कम्पनीका अनुसार मूल्य, सुरक्षा र नवप्रवर्तनको संयोजनका कारण यो नेपालमा शहरी इलेक्ट्रिक मोबिलिटीका लागि ‘गेम चेन्जर’ सावित हुनेछ ।

साइमेक्स इन्कका सीईओ साहिल श्रेष्ठका अनुसार, ‘बीवाईडी एट्टो १ केवल इन्ट्री–लेभल ईभी मात्र नभई कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीतर्फको क्रान्ति हो । यो वर्तमानको अर्बन लाइफस्टाइल र भोलिको हरित भविष्यलाई ध्यानमा राखी डिजाइन गरिएको छ।’

एट्टो १ बीवाईडीको ‘एड्भान्स्ड ई–प्लेटफर्म ३.०’मा आधारित छ र कम्पनीको क्रान्तिकारी ‘ब्लेड ब्याट्री’सहित ‘सेल–टु–बडी (CTB) टेक्नोलोजी’ प्रयोग गरिएको छ । जसले गाडीको संरचनात्मक मजबुती र सुरक्षा स्तरलाई बढाएको कम्पनीले जनाएको छ ।

नेपालमा यो मोडल दुई भेरिएन्टमा उपलब्ध हुनेछ – डाइनामिक र प्रिमियम।

डाइनामिक भेरिएन्टमा ३०.०८ किलोवाट–आवर ब्याट्री रहनेछ जसको डब्लुएलटीपी रेन्ज २३० किलोमिटर छ ।
प्रिमियम भेरिएन्टमा ३८.८८ किलोवाट–आवर ब्याट्री रहनेछ जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिनेछ।

दुवै भेरिएन्टको मूल्य क्रमशः रु. २८ लाख ९५ हजार र रु. ३२ लाख ९९ हजार निर्धारण गरिएको छ।

नाइमा एक्सपोमा गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष अफरसमेत उपलब्ध छन् नगद छुट, एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिज र १० वर्षसम्मको निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन।

कम्पनीले एट्टो १ को लन्चसँगै नेपाललाई सफा, स्मार्ट र समावेशी विद्युतीय भविष्यतर्फ अघि बढाउने आफ्नो लक्ष्यलाई थप सशक्त बनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?