काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब धुलिखेलस्थित हिमालय दृश्य रिपोर्टमा विशेष छुट सुविधा पाउने भएका छन् । बैंक र रिसोर्टबिच छुट सम्झौता सम्पन्न भएपछि यो सुविधा लागू भएको हो ।
सम्झौताअनुसार, बैंकका ग्राहकले हिमालय दृश्य रिपोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
यसका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
बैंकले हिमालय दृश्य रिसोर्टसँगको सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया