यस्तो देखियो पहिलो संस्करणको नाइमा एक्स्पो [तस्बिरहरु]

लोकपथ
462
Shares

काठमाडौं । नाइमा नेपाल मोबिलिटी ‘एक्स्पो २०२५ ‘आजदेखि भृकुटीमण्डमा सुरु भइसकेको छ ।

आजदेखि साउन २५ गतेसम्म चल्ने एक्स्पोमा नयाँ प्रविधि र मोडलहरूसँगै विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिएको छ । यस प्रदर्शनीमा ५० वटा स्टिलहरु रहेका छन् । 

५० भन्दा बढी ब्रान्डहरू सहभागी भएका छन् । जसमा ४७ वटा स्टिलहरु विभिन्न ब्रान्डले ओगटिसकेका छन् । यस प्रदर्शनीमा ३५ वटा नयाँ सवारी साधन लन्च भएका छन् । जसमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडी लन्च गरिएको छ ।

नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिँदै आएको बताउँदै यसलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?