नेप्से झिनो अंकमा घट्यो, माइक्रोफाइनान्स समूहमा दोहोरो अंकको वृद्धि

लोकपथ
112
Shares

काठमाडौं । शेयर बजार बुधबार हल्का गिरावटसहित बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२ मा पुगेको हो ।

अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनापछि बजारमा आएको उल्टो घटावटका कारण नेप्से घटेको हो ।

दिनभरको कारोबारमा बजार दिउँसो १ः४६ बजे २८५६ अंकसम्म उक्लिएको थियो भने बिहान ११ः३७ बजे २८२८ अंकसम्म झरेको थियो। आज ११२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्यो ।

माइक्रोफाइनान्स समूहमा भने उल्लेखनीय वृद्धि देखियो । गत आर्थिक वर्षकै नाफाबाट १५ प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने चर्चा फैलिँदै गर्दा यो समूह १.४१ प्रतिशतले बढ्यो । लगानी समूह ०.४९ प्रतिशत, अन्य ०.४४ प्रतिशत बढेका छन् ।

तर, बैंकिङ ०.४७, विकास बैंक ०.६१, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१५, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.३६ र व्यापार समूह ०.६६ प्रतिशतले घटे ।

आज तीन कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो विन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावर। त्यस्तै, समाज लघुवित्त ७।९३ प्रतिशत र स्वाभिमान लघुवित्त ७.८३ प्रतिशतले बढे ।

घट्नेमा थ्रीस्टार हाइड्रोपावर ३.७८, समता घरेलु लघुवित्त २.७२ र युनिलिभर नेपाल २.७१ प्रतिशतले तल झरे । सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र बलेफी हाइड्रोपावर अग्रस्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?