तथ्यांक हेर्दा रवि लामिछानेको पालामा मानव तस्करी बढी भएको देखिन्छ : महामन्त्री शर्मा

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने पक्षमा आफूहरू पनि रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र छानबिन समितिले आवश्यक प्रक्रिया अनुसार काम गरिरहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रक्रियाभन्दा बाहिर गएर विरोध जनाएको टिप्पणी गरे ।

महामन्त्री शर्माले पछिल्ला पाँच गृहमन्त्रीको तथ्यांक हेर्दा रवि लामिछाने गृहमन्त्री हुँदा छोटो अवधिमै सबैभन्दा धेरै भिजिट भिसा जारी भएको देखिएको उल्लेख गरे ।

रास्वपाप्रति टिप्पणी गर्दै उनले भने, ‘भिजिट भिसामा सबैभन्दा धेरै मानिस त तपाईंका सभापति गृहमन्त्री भएको बेलामा गएका रहेछन् । यतिकै आधारमा भन्दै जाँदा रविजीकै पालामा सबैभन्दा धेरै मानव तस्करी भएको रहेछ भन्ने निष्कर्ष हुन्छ ?’

उनले आवेग, अराजक शैली र अडानबाट मुक्त भई जिम्मेवार ढंगले काम गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?