प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबिच दुई पक्षीय भेटवार्ता

लोकपथ
77
Shares

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र आयोजक मुलुक तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभबिच आज दुई पक्षीय भेटवार्ता  भएको छ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDC) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको अवसरमा अवाजामा भेटवार्ता भएको हो । बैठकमा दुवै नेताबिच आपसी हितका विषय, द्विपक्षीय सम्बन्ध विस्तार तथा क्षेत्रीय सहकार्यका सम्भावनाहरूमा छलफल भएको जनाइएको छ।

यसैगरी सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त रूपमा औपचारिक निमन्त्रणा गरेका थिए ।

साउन २० देखि २३ गतेसम्म अवाजामा जारी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली सोमबार तुर्कमेनिस्तान पुगेका हुन् । सम्मेलनमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूको आर्थिक, यातायात तथा पारवहन पूर्वाधार विकास, अन्तर्राष्ट्रिय व्यापारमा सहज पहुँच र सहकार्यबारे उच्चस्तरीय छलफल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?