जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
287
Shares

बर्दिया । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका–६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारुलाई मंगलबार साँझ पक्राउ गरेको हो  । 

थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?