कुसुमको नाम समानुपातिकको बन्दसूचीबाट हटाउने रास्वपाको निर्णय, रुपन्देही–३ को टिकट पाउने सम्भावना प्रबल

लोकपथ
4.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय सदस्य कुसुम महर्जनको नाम समानुपातिकको बन्दसूचीबाट हटाउने निर्णय गरेको छ ।

रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार, सचिवालय बैठकले महर्जनले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन सूचीबाट नाम हटाउन दिएको निवेदन स्वीकृत गर्ने र निर्वाचन आयोगलाई यसबारे लेखिपठाउने निर्णय भएको छ ।  

कात्तिक १७ गते रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन आकांक्षा राखेकी महर्जनलाई उम्मेदवार बनाउने उद्देश्यसहित समानुपातिकको बन्दसूचीबाट नाम हटाउने निर्णय भएको बताइएको छ । 

समानुपातिकको सूचीमा भएको व्यक्ति प्रत्यक्षतर्फको उम्मेदवारीको आन्तरिक प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था छ ।

केन्द्रीय सदस्य महर्जनले रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्ने हिसाबले आफूले समानुपातिकको सूचीबाट नाम हटाउन खोजेको बताइन् । उनले आफ्नो व्यक्तिगत चाहनामा भन्दा पनि पार्टीसँग सल्लाह गरेरै नाम फिर्ता लिन खोजेको बताइन् ।

सिद्धार्थ नगरपालिका–८ की स्थानीय बासिन्दा महर्जनसँग गैरसरकारी संस्थाहरूमा काम गरेको अनुभव छ । उनले आफू नै उम्मेदवार बन्ने सम्भावना व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?