काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेको हो ।
मंगलबार तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया