मोरङ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका बालयौन दुराचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएका का ५९ वर्षीय अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए ।
अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी कोइराला लामिछानेका पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आफ्नै घरमा काम गर्ने नाबालिगमाथि यौन दुर्व्यवहार गरेको मुद्दामा मोरङ जिल्ला अदालतले उनलाई २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । साथै, पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रुपैयाँ भराउने फैसला भएको थियो ।
गत असार ३२ गते यो फैसला आएको भएपनि उनी शक्तिको आडमा पक्राउ परेका थिएनन् । नेपाली कांग्रेसका ‘हाइ प्रोफाइल’ नेताहरूसँग संगत भएका उनी पहुँचको आधारमा लामो समयदेखि पक्राउ परेका थिएनन् ।
अमेरिकाको टेक्ससमा बस्दै आएका उनी घर आएका बेला गत वैशाखमा यौन दुर्व्यवहारको घटना बाहिरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया