अमेरिकामा मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना, ४ जनाको मृत्यु

लोकपथ
329
Shares

काठमाडौं । अमेरिकास्थित एरिजोनाको नाभाजो राष्ट्रको विमानस्थलमा एउटा मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

न्युयोर्क टाइम्सका अनुसार बिचक्राफ्ट ३०० नामक विमान चिन्ले म्युनिसिपल विमानस्थलमा बिरामी लिन अवतरण गरिरहेका बेला दुर्घटनामा परेको हो । विमानमा दुई पाइलट र दुई स्वास्थ्य सेवा प्रदायक रहेकोमा सबै चार जनाकै मृत्यु भएको हो । विमान खसेपछि आगलागी भएको थियो ।

विमान विमानस्थलको धावनमार्गबाट लगभग ३०० यार्ड टाढाबाट छुटेको थियो । सो विमान स्थानीय समयअनुसार मंगलबार दिउँसो १२ः४० बजे दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?