राजेन्द्र महतोले विस्तार गरे कार्यसमिति, सुमन सायमी वरिष्ठ उपाध्यक्ष [नामसहित]

लोकपथ
3.1k
Shares
फाइल तस्बिर

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय पदाधिकारीहरु तोकिएका छन् ।

केन्द्रीय अध्यक्ष महतोले पार्टीको अन्तरिम विधान २०८१ को धारा २६ को उपधारा (२) र (६) बमोजिका केन्द्रीय कार्यसमितिमा रहने पदाधिकारी र केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य चयन गरेका हुन् ।

सो पार्टीको ०८१ साल फागुन १२ र १३ गते बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार महतोले पदाधिकारी तथा सदस्य चयन गरेका हुन् ।

जसअनुसार वरिष्ठ उपाध्यक्षमा तीन जना चयन भएका छन् । जसमा काठमाडौंबाट सुमन सायम चयन हुँदा पर्वतबाट कमलाकुमारी गुरुङ र सर्लाहीबाट रामनरेश राय यादव तोकिएका छन् ।

त्यस्तै उपाध्यक्षमा कौशलकुमार सिंह, डा. राजिव कुमार झा, राजेन्द्रप्रसाद पाठक चयन भएका छन् । यता महासचिवमा कशवकुमार झा, मिङमार तामाङ, रमेश योङहाङ (सर्ण कुमार), सन्तोषकुमार मेहता र अनिलकुमार महासेठ रहेका छन् ।

त्यस्तै महतोले पार्टीको विभिन्न समितिका अध्यक्ष र सदस्यहरु तोकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?