म ‘कुलिङ पिरियड’कै पक्षमा छु, समितिले मेरो नाम लिएको छैन : रामहरि खतिवडा

लोकपथ
224
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आफू सधैँ कुलिङ पिरियडको पक्षमा रहेको बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समितिले पठाएको प्रारम्भिक प्रतिवेदनमा कुलिङ पिरियड रहेको तर बिचमा कतै हटाइएको उल्लेख गरे । ‘पहिला समितिले पठाएको रिपोर्ट हेर्नुस्, कसको त्रुटि भयो, कसको नाम उल्लेख भयो, त्यसपछि कुरा गरौँ,‘उनले भने।

खतिवडाले समितिले प्रतिवेदनमा आफ्नो नाम कतै नलिएको स्पष्ट पार्दै हस्ताक्षर गरेको प्रतिवेदनमा कुलिङ पिरियड समावेश रहेको बताए । ‘सभापतिको हस्ताक्षर छ, मैले हस्ताक्षर गरेकोमा कुलिङ पिरियड छ । त्यो कहाँ त्रुटि भयो भनेर मेरै अनुरोधमा छानबिन भएको हो, ‘उनले स्पष्ट पारे ।

उनले कुलिङ पिरियड राष्ट्रिय सभाले सच्याउनुपर्ने आवश्यकता पनि औँल्याए । आजै कुलिङ पिरियड छेडखानीको आरोपबारे गठित संसदीय छानबिन समितिले प्रतिवेदन प्रतिनिधि सभामा प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?