श्रीमतीलाई पनि उम्मेदवार बनाउने नेताहरु

काठमाडौं, २१ कात्तिक — आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केही राजनीतिक दलका कतिपय नेताहरू दम्पती नै उम्मेदवार बनेका छन् गोरखापत्र लेख्नछ—प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवा दुबै प्रतिनिधिसभाका लागि प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । प्रधानमन्त्री देउवा विगतकै आफ्नो निर्वाचन क्षेत्र डडेलधुराबाट उम्मेदवार छन् भने श्रीमती आरजु कैलालीको क्षेत्र नं ५ बाट उम्मेदवार छिन् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम वाम गठबन्धनको तर्फबाट बर्दियाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् । उनकी श्रीमती तुलसा थापा नेकपा एमालेको समानुपातिक सूचीमा परेकी छिन् त्यस्तै, एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेल र उनकी श्रीमती सुजिता शाक्य पनि यस पटक उम्मेदवार बनेकी छिन् माओवादी केन्द्रका नेता वर्षमान पुन र ओनसरी घर्ती पनि यही सूचिमा छन् माओवादी केन्द्रकै नेता शक्तिबहादुर बस्नेत र सत्या पहाडी हितमान शाक्य र श्रीमती अमृता थापा पनि श्रीमान श्रीमती उम्मेदवार छन् , नेकपा मालेका महासचिव सीपी मैनालीले पनि आफूसँगै श्रीमतीलाई पनि समानुपातिक सूचीमा राखेका छन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?