माछापुच्छ्रे बैंकको वित्तीय विवरण सार्वजनिक, कमायो २ अर्ब बढी नाफा

लोकपथ
77
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

मंगलबार बैंकले गत आव ०८१–०८२ को वित्तीय विवरण प्रकाशित गरेको हो ।

जसअनुसार बैठकले गत आर्थिक वर्षमा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ ।

बैंकका अनुसार यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२ दशमलव ४५ प्रतिशत बढी हो । अघिल्लो आवमा यस बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसैगरी बैंकले यस अवधिमा इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ ।

वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ रहेको र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको बैंकले जनाएको छ ।

हाल बैंकको चुक्तापुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ । साथै जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?