काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब फ्रन्टलाइन हस्पिटलमा स्वास्थ्य सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।
बैंक र नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रालि फ्रन्टलाइन हस्पिटलबिच विभिन्न स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतामा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा.योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार, पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । यसका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा सुविधा पुर्याउनुका साथै डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन र नगदरहित कारोबारको संस्कृतिमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया