काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियडमा जानाजान छेडखानी गरिएको आरोप लगाएका छन् ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त कार्यलाई ‘नियतजन्य कमजोरी’ भएको दाबी गरे ।
संसदमा सो दिन नै छानबिन समितिले प्रतिवेदन पेस गरिसकेको छ । तर सापकोटाले समितिले गम्भीर त्रुटिलाई सामान्य मानवीय गल्तीका रूपमा लिएको भन्दै आपत्ति जनाए ।
उनले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र सचिवको कार्यशैलीप्रति प्रश्न उठाउँदै, दुवैले पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको निष्कर्ष प्रतिवेदनमै आएको बताए ।
‘हामीले गम्भीर त्रुटि भनेका छौँ, यसलाई मानवीय त्रुटिका रूपमा लिन सकिँदैन । त्यो नियतजन्य रूपमा गरिएको कमजोरी हो, जानाजान नै छेडखानी गरिएको हो,’ सापकोटाले भने ।
उनका अनुसार कानुनी दृष्टिले पनि सभापति र सचिवले जिम्मेवारी लिनुपर्ने र नैतिक आधारमा तत्काल राजीनामा दिनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया