काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित राष्ट्रहरू बाध्यताले अलग रहेका कारण तटीय मुलुकसँगको कनेक्टिभिटी नै उनीहरूका लागि न्याय हुने बताएका छन् ।
तुर्केमिनिस्तानमा जारी भूपरिवेष्टित राष्ट्रहरूको शिखर सम्मेलनको साइड एभेन्टमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनका अनुसार, तटीय राष्ट्रसँग कनेक्टिभिटीको ‘कुञ्जी’ छ र यसलाई खोल्नु उनीहरूको कर्तव्य हो, अनुग्रह होइन ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार, प्रधानमन्त्री ओलीले अवरोधलाई नवप्रवर्तनमा बदल्दै यसलाई साझा समृद्धिको इन्जिन बनाउन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया