काठमाडौं । संघीय निजामति विधेयकको ‘कुलिङ अफ पिरियड’ मा भएको त्रुटीबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।
कांग्रेस सांसद समेत रहेका समितिका संयोजक जीवन परियारले आज सभामुख देवराज घिमिरेलाई उक्त प्रतिवेदन बुझाएका हुन् ।
गत असार २३ गते परियारको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो । त्यसको भोलिपल्ट अर्थात् असार २४ गते सभामुख घिमिरेको उपस्थितिमा समितिको बैठक बसी कार्यारम्भ गरिएको थियो ।
समिति गठन भएको मितिले २१ दिनको समयसीमा दिइएकोमा थप ७ दिन थपेर कुल २८ कार्यादिनमा उक्त प्रतिवेदन तयार गरिएको थियो ।
त्यसो त प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पास गरेको उक्त विधेयकमा मुख्यगरी विशिष्ठ कर्मचारीहरुमा लागु हुने गरी ‘कुलिङ अफ पिरियड’ राखिएको थियो । तर प्रतिनिधि सभाबाट पारित हुँदा त्यसबाट कुलिङ पिरियड हटाइएपछि चौतर्फी आलोचना भएको थियो । त्यसमा मुख्यगरी समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरेसकुमार दुरालाई मुख्य जिम्मेवार देखाइयो तर दुवैले आफू पन्छिनेगरी बयान दिएका छन् ।
सचिव दुराले आफू जिम्मेवारीबाट पूर्ण रुपमा पन्छिनेगरी बयान दिएका छन् ।
‘उपसमिति र समितिको छलफलबाट आएका विषयहरुलाई मस्यौदा मिलाउने काम सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयको हो र कानुन मन्त्रालयबाट मस्यौदा आएपति त्यसैमा हस्ताक्षर गर्ने प्रचलन रहेको छ । मैले कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयलाई बढी विश्वास गर्न पुगेछु । महासचिवलाई मैले प्रतिवेदनको फोटोकपी उपलब्ध गराएको छु । उहाँले मुख्यसचिवलाई जानकारी गराउनु भएको हुनुपर्छ । जेठ २ गते समितिबाट प्रतिवेदन पारित भएपछि उक्त प्रतिवेदन वितरण गरिएको छ । कुलिङ पिरियडका सम्बन्धमा मैले महासचिव र मुख्यसचिवको कुरा भएको आवास पाएको छु । त्यसमा मलाई महासचिवले भोलिपल्ट ११ बजे सभामुखलाई भेट्ने कार्यक्रम छ, आउनुहोला भन्नु भएको थियो । प्रतिवेदन सही भइसकेकाले म त्यहाँ जाउँ कि नजाउँ भनेर माननीय सभापतिलाई सोध्दा जानु भनेपछि गएको हो । मुख्यसचिव, कानुन सचिव र सामान्य प्रशासनका सचिवले कुलिङ पिरियड हटाउनको लागि यहीँ बैठकमै भन्नुभएको छ, त्यसको यहाँ रेकर्ड नै छ । कुलिङ पिरियडको बारेमा उपसमितिले मानेको अवस्था छ, विधेयकमा राजपत्राङ्कित प्रथम र विशिष्टलाई भएकोमा हाल सबै दर्जालाई भनेपछि म सशङ्कित भएको छु,’ राज्य व्यवस्था तथा सुशासन समितिका सचिव दुराले प्रतिवेदनमा भनेका छन् ।
त्यस्तै यता आफू जिम्मेवारी लिनुपर्ने समितिका सभापति खतिवडा समेत अरुलाई दोष थोपरेर उम्किन खोजेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया