काठमाडौं । मंगलबार शेयर बजारमा ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ४१.३५ अंकले घटेर २८३४ विन्दुमा स्थिर भयो ।
कारोबार सुरु भएको १२ मिनेटमै नेप्से २९०५ विन्दुमा पुगेको भए पनि त्यसपछि बजार ओरालो लाग्दै अन्त्यसम्म रातोमै रह्यो । अघिल्लो दिन १० अर्ब ८२ करोड रुपैयाँको कारोबार भए पनि आज ९ अर्ब ३३ करोड रुपैयाँमा सीमित रह्यो । आज ४६ कम्पनीको मूल्य बढ्दा २०४ कम्पनीको घट्यो ।
समूहगत सूचकमा बैंकिङ १.०४, विकास बैंक २।५५, फाइनान्स १.६८, होटल तथा पर्यटन ०.८४, हाइड्रोपावर १.५९, लगानी १.८०, जीवन बीमा १.४७, उत्पादन तथा प्रशोधन १।६१, निर्जीवन बीमा १.२७, अन्य २.८३ र व्यापार १।६२ प्रतिशतले घटे । भने माइक्रोफाइनान्स ०.५० प्रतिशतले मात्र बढ्यो ।
मूल्य बढ्ने कम्पनीमा समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयर १० प्रतिशतले उकालो लाग्यो । विन नेपाल लघुवित्त ४।६४ प्रतिशत र सिर्जनशील लघुवित्त ४।२२ प्रतिशतले बढे ।
विपरीत रूपमा, थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले घट्यो । त्यस्तै, ट्रेड टावरको ७।३५, लुम्बिनी विकास बैंकको ५।४ र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ४.८० प्रतिशतले गिरावट भयो ।
अधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, ट्रेड टावर, शिवम् सिमेन्ट, बुटवल पावर र ङादी ग्रुप क्रमशः अगाडि रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया