काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मुलुकलाई ग्रेलिस्टबाट हटाउन सरकार के गर्दैछ भन्नेबारे सदनमा स्पष्ट जवाफ माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले नेपालको ग्रेलिस्टमा परेको कारण र त्यसबाट भएको आर्थिक नोक्सानीबारे अर्थमन्त्रीसँग प्रश्न उठाएका हुन् । उनले ग्रेलिस्टको असर स्वरूप मुलुकमा पुँजी लगानी घट्ने, वित्तीय लागत बढ्ने जस्ता समस्याहरू देखिएको भन्दै चिन्ता व्यक्त गरे ।
सांसद सुवालले भने, ‘नेपाल ग्रेलिस्टमा परेको हो कि होइन ? परेको भए त्यसको कारण के हो ? पुँजी लगानी र वित्तीय लागतमा के असर परेको छ ?’ भन्ने विषयमा सरकार जबाफदेही हुनुपर्ने बताए ।
उनले सम्पत्ति शुद्धि करणलाई प्रभावकारी बनाउन नेपाली नागरिकको सम्पत्तिको सीमा निर्धारण गर्नुपर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था आवश्यक रहेको तर्क गरे । यस्ता कानुनी कदमले ग्रेलिस्टमा नपर्ने सुनिश्चितता हुने सांसद सुवालको भनाइ छ ।
त्यस्तै, सुवालले ग्रेलिस्टमा परेपछि देशले भोगेको आर्थिक र कूटनीतिक क्षतिबारे पनि सदनमा स्पष्ट जानकारी दिन सरकारसँग माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया