बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

लोकपथ
665
Shares

हेटौँडा ।  नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । 

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाली कांग्रेस र नेकपा एमालेसहित ६४ सांसदको समर्थनमा बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मकवानपुर निवासी बानियाँ बागमतीका छैठौं मुख्यमन्त्री बनेका छन् । यसअघि उनी गृह र पर्यटन राज्यमन्त्रीसमेत भइसकेका छन् । एमाले र कांग्रेसबिचको २०–२० महिनाको सत्ता बाँडफाँटका आधारमा बानियाँले ८ महिना मुख्यमन्त्री भई आगामी फागुनमा नेतृत्व एमालेलाई हस्तान्तरण गर्ने छन् ।

नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ (२) अनुसार दाबी पेस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?