चीनसँग आवश्यक समन्वय गरेर ३०–३५ वटा कन्टेनर नेपाल आउने वातावरण बनाऔँ : महेश बर्तौला

लोकपथ
917
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले केरुङ नाका अवरुद्ध हुँदा नेपाल आउने कन्टेनरहरु रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गत असारमा आएको बाढी र पहिरोका कारण रसुवागढी–केरुङ नाका अवरुद्ध भएको र त्यसको असर तातोपानी नाकामा परेको जानकारी गराए ।

उनका अनुसार अहिले तातोपानी नाकाबाट दैनिक आठदेखि दस वटा कन्टेनर मात्रै आवागमन भइरहेको छ । चाडपर्वको समय नजिकिँदै गर्दा चीनबाट आवश्यक सामानहरू आयात गर्नुपर्ने अवस्था रहेकाले थप कन्टेनर सञ्चालन गर्न आग्रह गरे ।

‘चाडपर्व आइरहेको सन्दर्भमा चीनबाट ल्याउनुपर्ने सामानहरू पनि थोरै मात्रामा भित्रिरहेका छन्, ‘उनले भने, ‘नेपाल सरकारले चीनसँग आवश्यक समन्वय गरेर दैनिक ३०–३५ वटा कन्टेनर नेपाल ल्याउने व्यवस्था मिलाउनुपर्ने आवश्यकता छ ।’

प्रमुख सचेतक बर्तौलाले केरुङ नाका यथाशक्य चाँडो खुलाउनेतर्फ पनि सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?