बबई नदीमा पानीको सतह बढ्दो, खतरा स्थानमा सशस्त्र प्रहरी परिचालन 

लोकपथ
427
Shares

काठमाडौं । बबई नदीमा पानीको सतह बढ्दै गएपछि डुबान पर्नसक्ने स्थानहरूमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ  । 

सो नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुबान पर्नसक्ने भएकोले उद्धारका लागि सुरक्षाफौज परिचालन भएको हो । बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमलव १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ । जहाँ पानीको सतह ६ दशमलव ८० पुगेपछि खतरा लेबल मानिन्छ । 

डुबानमा पर्नसक्ने स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र थापाको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित भएको हो । 

त्यस्तै डुबानमा पर्नसक्ने क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामाग्रीसहित तयारी हालतमा राखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?