अब भिजिट भिसामा अमेरिका जान १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने

लोकपथ
2.8k
Shares

काठमाडौं । अमेरिका प्रवेशका लागि भिसा लिन १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने नियम आउने भएको छ । भिजिट भिसामा अमेरिका गएर आफ्नो देश नफर्किने प्रचलनलाई निरुत्साहित गर्न ट्रम्प प्रशासनले यस्तो नियम ल्याउन लागेको न्युयोर्क टाइम्सले जनाएको छ ।

अमेरिकामा प्रवेश गरेर नफर्किने सम्भावना भएका मुलुकका नागरिकहरूले यति धेरै रकम धरौटी राख्नुपर्ने भएको हो । यद्यपि, अमेरिकी सरकारले अहिले नै त्यस्तो सूची प्रकाशित गरिसकेको छैन । सो सूची चाँडै नै प्रकाशित हुने समाचारमा जनाइएको छ । 

त्यो सूचीमा नेपाल पर्छ कि पर्दैन अहिले नै भन्न सकिने अवस्था छैन । भिसा प्रदान गर्दा मानिसहरूको पहिचान र प्रमाणीकरण गर्न कठिन हुने मुलुकहरू पनि यो सूचीमा पर्ने जनाइएको छ ।

समाचारमा जनाइएअनुसार धरौटी धेरैमा १५ हजार डलर र कम्तीमा पनि ५ हजार डलर हुने छ ।

वैध भिसामा अमेरिका प्रवेश गरेर नफर्किनेहरूको सो धरौटी जफत हुने र आफ्नो देश फर्किनेले फिर्ता पाउने समाचारमा उल्लेख छ ।

सन् २०२३ मा मात्रै अमेरिका प्रवेश गरेका ५ लाखभन्दा बढी मानिस आफ्नो देश नफर्किएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?