रास्वपाको सचिवालय बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा

लोकपथ
161
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज दिउँसो ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टीको आन्तरिक गतिविधिमाथि छलफल गरिनेछ।

बैठकमा रुपन्देही–३ उपनिर्वाचनको तयारी, संसदीय दलको बैठक, सुदूरपश्चिम समस्या समाधान कार्यदलको प्रगति, र दल दर्ता लगायतका विधिगत विषयहरू छलफलको एजेण्डामा छन् ।

त्यसका साथै, अनुशासन आयोगका लागि विधान व्याख्या र अनुमोदन, समानुपातिक सांसद सूचीबाट नाम हटाउने प्रस्तावबारे पनि निर्णय हुने बताइएको छ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिने ‘फ्युचर लिडर्स समिट, ‘भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप, विदेशस्थित नेपालीलाई मताधिकारको व्यवस्था सुनिश्चित गर्ने दबाब अभियान, तथा सभापति रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधविरुद्ध जनहस्ताक्षर अभियानलाई प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?