पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लोकपथ
266
Shares
फाइल फोटो

काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका–६ स्थित ताराखसेमा गएको पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको यो मार्ग अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधन रातिदेखि नै रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडकमा लेदोसहितको पहिराले पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङबाट पोखरा, काठमाडौँलगायतका स्थानमा जाने सवारीसाधान रोकिए हुन् ।

उनले भने, ‘सडक खुलाउने प्रयास भइरहेको छ । राति पहिराले सडक अवरुद्ध भएपछि हामीलाई फोन आएको थियो, हामीले तुरुन्तै प्रहरी टोली पठायौँ, तर सडक खुलाउन सकिएन, अहिले पहिरो पन्छाएर सवारी आवागमन गराउनका लागि लोकमार्ग कार्यालयसँग छलफल भइरहेको छ, सडक खुल्न अझै केही समय लाग्ने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?