बहुविवाहलाई मान्यता दिनेसम्बन्धी विधेयकबारे चौतर्फी आलोचना, गृहमन्त्रीले बोलाए बैठक

लोकपथ
2.6k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकी अपराध संहिता संशोधन विधयेकमा छलफलका लागि बैठक बोलाएका छन् ।

गृहमन्त्री लेखकले मंगलबार बिहान ९ बजे मन्त्रिपरिषद् अन्तर्गतको विधयेक समितिको बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

संसदीय मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको सो विधयेक सम्बन्धमा विभिन्न खाले विचार व्यक्त भइरहेका बेला विधेयक समितिका संयोजक समेत रहेका गृहमन्त्री लेखकले बैठक बोलाएर छलफल गर्न लागेका हुन् ।

उक्त विषयमा अध्ययन गरिरहेका साथै विधयेकका विषयमा सरोकारवाला मन्त्री र उच्च स्तरीय सरकारी अधिकारीहरुसित सरसल्लाह समेत गरिरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?