तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली

लोकपथ
427
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डलको टोली तुर्कमेनिस्तान पुगेको छ ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान पुगेका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४ः३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर पुगेका हुन् ।

उनलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार (मप) का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरेका हुन् ।

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?