पर्सा । वीरगन्ज महानगरपालिका–१६ स्थित ईनर्वा गाउँमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । आइतबार साँझ ईनर्वा गाउँमा प्रहरीले ४० वर्षीय साहेब खाँलाई एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका खाँ सोही स्थानका स्थायी बासिन्दा हुन् ।
ईनर्वास्थित प्रहरी चौकीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा खाँलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा तिनको साथबाट पेस्तोल बरामद भएको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया