बहुविवाह गर्न पाउने कानुनको मस्यौदाप्रति माओवादी सांसद राईको आपत्ति 

लोकपथ
462
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने मस्यौदा लेखेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले आपत्ति जनाएकी हुन् ।

सरकारले हालै विशेष परिस्थितिमा बहुविवाह गर्न दिने गरी कानुनी मस्यौदा तयार गरेको भन्दै समाचार बाहिरिएको थियो । विधेयकको मस्यौदामा विवाहित पुरुषलाई दोस्रो विवाह गर्न अनुमति दिने लगायत व्यवस्था राखिएको छ।

सरकारले लैंगिक असमानता र महिला हिंसालाई प्रोत्साहन दिनगेरी कानुन निर्माण गर्न लागेको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ । सांसद राईले बहुविवाह गर्न पाउने कानुन आए महिला हिंसा बढ्ने र पुरुषहरु छाडा हुँदै जाने भन्दै उक्त मस्यौदा खारेज गर्न आग्रह गरिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?