बागमती प्रदेश : लामाले बुझाए राजीनामा, नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु

लोकपथ
343
Shares
फाइल तस्बिर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिएका छन् । आफ्ना प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत मुख्यमन्त्री लामाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन् । 

प्रमुख स्वकीय सचिव लामाले आज हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाको राजीनामा पत्र बुझाउनुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए ।

‘मुख्यमन्त्री लामाको राजीनामा पत्र अहिले भर्खरै दिउँसो १ बजेरित हाम्रो कार्यालयमा आइपुग्यो’, प्रवक्ता सापकोटाले भने, ‘प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उपचार गराइ हेटौंडास्थित कार्यालय फर्किसक्नुभएको छ, अब छिट्टै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुन्छ ।’ 

सम्भवतः आजै प्रदेश प्रमुख देवकोटाले नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु गर्ने सम्भावना रहेको उनको भनाइ छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?