काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशन हुने तयारी गरेको छ ।
आज साँझ परीक्षाफल तयारी गरेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले लोकपथलाई जानकारी दिए । त्यसका लागि साँझ बैठक बस्ने तयारी भइरहेको उनले बताए ।
‘आज साँझ बोर्ड बैठक बस्ने कुरा छ । सम्भव भएसम्म आज नै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेका छौँ,’ अर्यालले लोकपथसँग भने ।
बोर्डको क्यालेन्डर अनुसार साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने थियो । तर शिक्षकहरुको लामो आन्दोलनका कारण परीक्षाफल प्रकाशित गर्न ढिलाइ भएको हो ।
गत वैशाखमा सम्पन्न भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागि भएका थिए । त्यसो त ०८१ साल वैशाख ११ गतेदेखि परीक्षा तोकिएको थियो, तर शिक्षकहरुको आन्दोलनका कारण सरेको परीक्षा वैशाख २१ गतेबाट सुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया