काठमाडौं । नेकपा एमालेका सांसद अमृतलाल राजवंशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्ष आसपासका बासिन्दामाथि सरकारले अन्याय गरेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभामा भूमिसम्बन्धी विधेयकमाथि छलफलका क्रममा बोल्दै उनले रातारात घरबाट उठाएर ती जनतालाई अस्थायी टहरोमा राखिएको बताए । त्यहाँका जनताले भोगचलन गरिरहेको नम्बरी जग्गाबाट उठाएर अहिले अव्यवस्थित टहरोमा राखिएको बताए ।
उनले निकुञ्जले त्यहाँका जनतालाई पानी बिजुलीको सेवा समेत उपलब्ध नगराएको बताउँदै घर टहरा चुहिने अवस्थामा पुग्दासमेत नहेरेको आरोप लगाए । पीडितहरुको पक्षमा भूमि विधेयक बनाएर उनीहरुलाई राम्रो ठाउँमा स्थानान्तरण गर्नसमेत उनले माग गरे ।
उनले हाल सरकारले बनाएको भूमी आयोगले काम गर्न नसक्ने पनि बताए । भूमि आयोगलाई काम गर्न नदिएर हातखुट्टा बाँधेर राख्ने काम भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया