सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
280
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य १०० रुपैयाँ बढेर तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको हो । 

यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ थियो । 

यस्तै सोमबार चाँदीको पनि मूल्य बढेको छ । आइतबार तोलामा २ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?