काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्ने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक सुरु हुने तय गरिएको छ।
शुक्रबारदेखि जारी बैठक आज समापन गर्ने तयारी गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि बैठक टुंग्याउने कार्यक्रम छ।
प्रचण्डको जवाफ अघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ–आफ्नो धारणा प्रस्तुत गर्नेछन् ।
बैठकमा प्रस्तुत गरिएको अध्यक्ष प्रचण्डको दस्तावेजमाथि छलफल भइरहेको छ । उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की लगायत केही नेताहरूले प्रश्न उठाए पनि अधिकांश स्थायी कमिटी सदस्यहरूले दस्तावेजको समर्थन जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया