मनसुनको न्यूनचापीय रेखा तराई नजिक, यी ठाउँमा भारी वर्षा हुने

लोकपथ
2.7k
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक, सरदर स्थानको उत्तरतर्फ रहेकोले देशभर मौसम प्रभावित भएको हो ।

देशका अधिकांश भूभाग पूर्ण रूपमा बदली छन् । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहनेछ भने अधिकांश प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

गण्डकी, लुम्बिनी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा पनि मध्यम वर्षा जारी रहनेछ । सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?