अन्ततः बागमती प्रदेशका मुख्यमन्त्री लामाले दिए राजीनामा

लोकपथ
434
Shares
फाइल तस्बिर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।

आइतबार अपरान्ह पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका हुन् ।

लामा ०८१ साल साउन ८ गते बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए । त्यसको भोलिपल्ट अर्थात् साउन ९ गते शपथ खाएका लामाले एक वर्ष ९ दिन पदमा बसेर राजीनामा दिएका हुन् ।

लामा बागमती प्रदेशमा कांग्रेस र तामाङ समुदायबाट पहिलोपटक मुख्यमन्त्री बनेका थिए ।

पार्टी संसदीय दलको नेताबाट हटेपछि उनले राजीनामा दिएका हुन् । दलको नेताबाट हटेपछि पार्टी सभापति शेरबहादुर देउवासँग छलफल समेत गरेका थिए । देउवाकै निर्देशन र केही सहमतिपछि उनले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए ।

केही दिनअघि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका प्रदेश सभा सदस्य इन्द्र बानियाँले संसदीय दलको नेतामा पराजित गरेका थिए । पार्टीभित्र आन्तरिक किचलो बढेपछि त्यसअघि लामालाई संसदीय दलको नेताबाट समेत हटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?