ऐना पहरा बस दुर्घटनामा घाइते हुनेहरुको पहिचान खुल्यो [नामसहित]

लोकपथ
2.1k
Shares

काठमाडौं । तनहुँको ऐना पहरामा भएको बस दुर्घटनामा घाइते हुनेहरुको पहिचान खुलेको छ ।

आइतबार अपरान्ह ४ः२० बजेको समयमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरामा ग २ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको थियो । उक्त बस दुर्घटनामा ७ जना घाइते भएको र त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेस थापाले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेहरुमा गोरखाको सहीद लखन गाउँपालिका–६ की ४० वर्षीय सुनु थापा, गोरखाका गोरखा नगरपालिका–९ का ५४ वर्षीय सनबहादुर गुरुङ, गोरखा सहीद लखन गाउँपालिका–६ की सीता थापा, २८ वर्षीय मिना थापा तथा तनहुँको आँबुखैरेनी गाउँपालिका–१ की खुशी रामदाम रहेका छन् ।

प्रहरीका अनुसार घाइते सुनु थापा गम्भीर घाइते भएको र उनलाई सामान्य उपचारपछि चितवनको चितवन मेडिकल कलेज रिफर गरिएको छ । त्यस्तै घाइतेमध्ये सनबहादुर, सीता, मिना र खुशीको अवस्था सामान्य रहेको छ ।

अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?