काठमाडौं । तनहुँको ऐना पहरामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
पाँच जना घाइतेलाई उपचारका लागि आंबुखैरेनी अस्पतालमा लगिएको छ भने गम्भीर घाइते दुई जनालाई भरतपुर रेफर गरिएको सशस्त्र प्रहरकिा सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
अन्य यात्रु बसमै अड्किएका छन् कि भन्नेबारे यकिन भइनसकेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा बा२ ख १०७७ नम्बरको यात्रुवाहक बस आइतबार अपरान्ह दुर्घटनामा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया