काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र भारतको अग्रणी बैंक एचडीएफसी (HDFC) बैंकबिच सीमापार वित्तीय सेवा प्रवर्द्धनका लागि समझदारी भएको छ । यस समझदारीअनुसार अब भारतबाट नेपालमा सजिलै भुक्तानी गर्न सकिने प्रणाली सञ्चालनमा आएको छ ।
उक्त समझदारीअनुसार महालक्ष्मी विकास बैंकले भारतबाट नेपालमा रकम भुक्तानी गर्ने सुविधा ग्राहकहरूलाई उपलब्ध गराउने व्यवस्था गरेको छ । यो प्रणालीमार्फत भारतीय नागरिक वा भारतमा बसोबास गर्ने नेपालीहरूले नेपालमा रहेका आफ्नो परिवारजन, साथी वा अन्य लाभग्राहीलाई सरल, छिटो र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन् ।
यस किसिमको प्रणाली सञ्चालनमा ल्याउने महालक्ष्मी विकास बैंक नेपालको पहिलो विकास बैंक बनेको छ । दुवै बैंकबिच आवश्यक प्रविधि तथा प्रक्रियागत काम पूरा भइसकेको छ र प्रारम्भिक परीक्षण कारोबार (test transaction) समेत सफलतापूर्वक सम्पन्न गरिएको छ ।
महालक्ष्मी विकास बैंकले यो सेवामार्फत नेपाल–भारतबिचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएको जनाएको छ । साथै, विकास बैंक क्षेत्रमै पहिलोपटक यस्तो सेवा सुरु गर्नु बैंकको डिजिटल तथा सीमापार सेवा विस्तारप्रतिको प्रतिबद्धता दर्शाउने उल्लेख गरिएको छ ।
उक्त सेवा सञ्चालनमा आएपछि वैदेशिक आम्दानी भित्र्याउने नयाँ ढोका खुलेको भन्दै बैंक क्षेत्रका विज्ञहरूले यसको स्वागत गरेका छन् । यो सेवा खासगरी सीमावर्ती क्षेत्र, भारतमा कार्यरत नेपाली कामदार तथा विद्यार्थीहरूलाई उपयोगी हुने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया