मुख्यमन्त्री लामाले बोलाएको मन्त्रिपरिषद बैठक अन्तिम समयमा रद्द

लोकपथ
1.6k
Shares
फाइल तस्बिर

काठमाडौं । बागमती प्रदेश सरकारले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक अन्तिम समयमा आएर रद्द भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार दिउँसो ३ बजे बैठक बोलाएका थिए, तर प्रमुख सचिवको अनुपस्थितिका कारण बैठक रद्द भएको हो ।

मुख्यमन्त्री लामा बैठकका लागि काठमाडौंबाट हेटौंडा आइपुगेका थिए । तर, प्रमुख सचिव भुपाल बराल काठमाडौंमै रहेकाले बैठक आयोजना गर्न कठिन भएको हो । स्रोतका अनुसार बरालको अनुपस्थितिमा अन्य सचिवहरूले बैठक नराख्न सुझाव दिएका थिए।

बैठक रद्द भएपछि मुख्यमन्त्री लामाले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । पत्रकार सम्मेलनमार्फत उनले आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्ने र साथसाथै राजीनामाको घोषणा गर्ने बताइएको छ।

नेपाली कांग्रेस संसदीय दलको नेताबाट अविश्वास प्रस्तावमार्फत हटाइएका लामामाथि हाल राजीनामाको दबाब बढिरहेको छ। नयाँ नेता चयनको निर्वाचनमा पराजित भएपछि उनको पद टिकाउने आधार झनै कमजोर बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?