आफूले बोलेको अभिव्यक्तिहरू कहिल्यै गलत नहुने प्रधानमन्त्रीको दाबी 

लोकपथ
301
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सार्वजनिक रूपमा बोलेका अभिव्यक्तिहरू कुनै पनि बेला प्रमाणित गर्न तयार रहेको बताएका छन् । 

आइतबार बालुवाटारमा आयोजित ‘लोकतन्त्र र जनअभिमत’ नेपालको निर्वाचन इतिहास’ पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै उनले आफूले व्यक्त गरेका भनाइहरू गलत साबित भए त्यसको तत्काल भुक्तानी गर्न तयार रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले सरकारको परिभाषा फेरिनुपर्ने धारणा राख्दै भने, ‘गभर्मेन्ट भन्नेको परिभाषा बदल्नुपर्छ। गभर्मेन्ट शासक होइन, व्यवस्थापक र सेवक हो ।’

उनले सरकार जनताप्रति उत्तरदायी मात्र नभई जिम्मेवार र कर्तव्यप्रति समर्पित हुनुपर्ने आवश्यकता औँल्याए । ‘सरकारमा जो छन्, उनीहरूले देश र जनताप्रति जिम्मेवारी लिनुपर्छ, ‘उनले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले विगतमा आफूमाथि आलोचना र गाली(गलौज हुने गरेका प्रसंग उल्लेख गर्दै भने, ‘रिस उठेका मानिसहरूलाई गाली गर्न स्वतन्त्रता छ। शब्दकोष पल्टाएर गाली गरे के फरक पर्छ र ?’ 

उनले आफ्नो अभिव्यक्तिमा तथ्यका आधारमा चुनौती दिन सबैलाई आमन्त्रण गर्दै भने, ‘मैले भनेका कुरामा नेपाल राष्ट्र बैंकले छापेका नोट जस्तै मूल्य हुन्छ। कसैले भुक्तानी मागेमा तत्काल तिर्न तयार छु ।’

कार्यक्रममा उनले लोकतन्त्र, जनअधिकार र सुशासनलाई बलियो बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको पनि बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?