खाद्य परीक्षण क्षेत्रमा ऐतिहासिक फड्को : ८१४ परीक्षण प्यारामिटरमा प्रयोगशाला प्रत्यायन

लोकपथ
56
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन लेबोरेटोरीजबाट ८१४ परीक्षण प्यारामिटरमा एक्रिडिटेशन (प्रत्यायन) प्राप्त गर्दै नेपालकै सबैभन्दा ठुलो प्रमाणित खाद्य प्रयोगशालाको मान्यता पाएको छ । 

विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले ६७२ केमिकल र १४२ माइक्रोबायोलोजिकल गरी कुल ८१४ परीक्षण प्यारामिटरमा प्रत्यायन प्रमाणपत्र  गरेको जानकारी  दिए । 

उनकाअनुसार नेपाल र भारतबिच भएको समझदारीअन्तर्गत भारतको फुड सेफ्टी एण्ड स्ट्यान्डड्र्स अथोरिटी अफ इण्डियाले २०८१ चैत्र २२ मा परीक्षण गरी जारी गरिने प्रमाणपत्र र खाद्य गुणस्तर तथा स्वच्छता निर्यात प्रमाणपत्रलाई आधिकारिक मान्यता दिएको हो । 

उनले प्रारम्भिक चरणमा जुस, जाम, जेली, अचार, क्यान्डी, तयारी चाउचाउ, अदुवा र ताजा फलफूल तथा तरकारी जस्ता ८ प्रकारका खाद्य वस्तुहरूमा प्रयोगशालाको प्रमाणपत्रलाई मान्यता दिने निर्णय लिएको छ । उनले २२ वटा खाद्य तथा दाना समूहहरू अन्तर्गत प्रयोगशालामा परीक्षण हुने सबै प्रकारका केमिकल तथा माइक्रोबायोलोजिकल परीक्षण प्यारामिटरहरूमा पनि प्रत्यायन प्रमाणपत्र प्राप्त गरिएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?