सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ 

लोकपथ
217
Shares

काठमाडौं ।  सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले झन्डै २०० ग्राम खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये एक जना बडिविरपुर-१ का विशाल राय र अर्का डाक्नेश्वरी-७ का मनोज राय रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

लागुऔषध ओसारपसारमा संलग्न भएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरेको हो ।

हाल उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?