काठमाडौं । ललितपुरको ठैबमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ थानकोट घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–१४ ठैब बस्दै आएका ४६ वर्षीय निरोजकुमार खड्गीले श्रीमती ४६ वर्षीया सुस्मिता खड्गीको हत्या गरेको प्रहरीले जनाएको छ ।
सुस्मिताको शव आज आइतबार बिहान उनीहरू बस्दै आएको टहरोमा फेला परेको थियो । निरोजले घाँटी थिचेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका क्रममा घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया