इनड्राइभको प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन : उत्कृष्ट चालकहरूलाई सम्मान

लोकपथ
266
Shares

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले आफ्नो ‘प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन’ अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने चालकहरूलाई विशेष समारोहबीच पुरस्कार वितरण गरेको छ।

जुन २३ देखि जुलाई १३ सम्म सञ्चालन भएको सो अभियानमा ड्राइभर पार्टनर्सको उल्लेखनीय उत्साह र सहभागिता देखिएको इनड्राइभले जनाएको छ । साप्ताहिक चुनौतीहरू, रोमाञ्चक पुरस्कारहरू, र दुईवटा मेगा ग्रान्ड पुरस्कारमार्फत ड्राइभरहरूलाई पुरस्कृत र सम्मानित गर्न यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

क्याम्पेनको ग्रान्ड विजेतामा शुभ राज सुनुवार (कार ड्राइभर श्रेणी) र जित थापा (बाइकरमोटो राइडर श्रेणी) विजयी भएका छन्। उनीहरू तीनै साप्ताहिक चुनौतीमा प्लेटिनम स्तर कायम राख्दै सबै योग्यता मापदण्डहरू पूरा गर्ने उत्कृष्ट चालकहरूबाट छनोट गरिएको इनड्राइभले जनाएको छ ।

विजेताहरूको घोषणा जुलाई २० मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानलबाट प्रत्यक्ष लक्की ड्रमार्फत गरिएको थियो।

साथै, क्याम्पेन अन्तर्गत १५ वटा स्मार्टफोन, ३० वटा इयरबड र ३० वटा स्मार्टवाच समेत अन्य सहभागी ड्राइभरहरूलाई साप्ताहिक पुरस्कारस्वरूप प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै इनड्राइभ साउथ एशिया ड्राइभर अपरेसन्सका रिजनल टिम लिडर डिमित्री ओख्लोप्कोभले भने,‘हाम्रा ड्राइभर पार्टनर्सहरू नेपालमा इनड्राइभको सफलताको आधार हुन् । यो अभियान उनीहरूको प्रतिबद्धता र व्यावसायिकतालाई मान्यता दिने हाम्रो प्रयास हो। इनड्राइभमा हामी निष्पक्षता र स्वतन्त्रता सुनिश्चित गर्ने मोडेलमा विश्वास गर्छौँ ।’

त्यस्तै, इनड्राइभ नेपालकी ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले पनि विजेताहरूलाई बधाई दिँदै भनिन्,‘हामीले वाचा गरेअनुसार हाम्रा चालकहरूका लागि यो उत्कृष्ट अभियान ल्याएका छौँ। तपाईंहरूको समर्पणले हामीलाई निरन्तर अघि बढ्न प्रेरित गर्छ।’

इनड्राइभले आफ्नो चालक समुदायलाई सशक्त बनाउने, निष्पक्ष मूल्य निर्धारण प्रणाली अपनाउने र स्वतन्त्रताको हक सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?